एमाले संसाद एवं यसअघि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मालाई पनि विवादित विषयमा सूक्ष्म अध्ययन गर्ने जिम्मा दिइएको छ ।
शिक्षा समितिका अनुसार शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समितिको सचिवालय पनि यसैमा सक्रिया भएर काम गरिरहेको छ ।
‘सबै पक्षबीच छलफल र गृहकार्य भइरहेको छ । उपसमितिले विवादति विषयमा टुंगो लगाएपछि समितिको बैठक बसेर पास गर्ने योजना छ,’ समितिका एक सदस्यले भने ।
निजी विद्यालय गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन, ईसीडी, अस्थायी प्रकृतिका शिक्षकको आन्तरिक ६० र खुला ४० प्रतिशत, एसईई, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण लगायतका विषय पेचिलो बनेको हो । यी विषयमा परामर्श समन्वय समितिले सहमतिको प्रयास गरिरहेको छ ।
नेपालमा माध्यमिक शिक्षक इजाजतपत्र परीक्षाको तयारी गर्नका लागि पूर्ण गाइड। योग्यता, पाठ्यक्रम, तयारी रणनीति र…
In recent years, the government of Nepal has recognized the critical role that teachers play…
These are real interview questions asked during a secondary english teacher interview in Nepal. You…